नौलो बिहानी छरोस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हाम्रा उच्च हिमाल माथि धुइरो , लाग्दै छ वैदेशिक
हाम्र भव्य पहाड माथि कुहिरो , लाग्दै छ वैदेशिक
उस्तै दक्षिण का किरा सलह ले , चाटे तराई पनि
चूह्लो भित्र छिरी पन्यूँ र दिउरी , चाटे कराही पनि
 
देखेको छु निरीह बालक बनी , आमा लुटेको यहाँ
लेखेको छु; युवा अपाहिज बनी,आँखा फुटेको यहाँ
यौटा बाघ कि नाग जन्म भइदे , भन्दैछ यो चित्त ले
बैरी का हर चाल ध्वस्त गरिदे ,भन्दैछ यो चित्त ले
 
पक्कै कष्ट हुनेछ चिर्न पहरा , आखीर चिर्नै त छ
पक्कै दु:ख हुनेछ छिर्न खतरा , आखीर छिर्नै त छ
कोही आउन पर्छ ; रोग सरुवा यो देश का रोक्न त
आँधी ल्याउन पर्छ धूलि र धुवाँ ,आकाश को फ्याक्न त
 
आफ्नो उच्च मियो बिछट्ट दरिलो , हुन्थ्यो भने देश मा
सेवा भाव र त्याग भाव भरिलो , हुन्थ्यो भने देश मा
को सक्थ्यो घर छिर्न धर्म - धन को , भण्डार रित्त्याउन ?
को सक्थ्यो तन चिर्न पिर्न मुटु मा , सीमान्त पीडा दिन ?
 
पानी मा कति लोभ का नजर छन्,त्यो दक्षिणी भेक मा
खानी मा कति स्वार्थ का मगज छन्,त्यो उत्तरी लेक मा
यार्सा छन् लहरा र साल कति छन् , छन् देश मा जंगल
खोला छन् छहरा र ताल जति छन् , हुन् देश का मंगल
 
एस्ता प्राकृत वस्तु देश हित मा , कोही लगानी गरोस्
इच्छाशक्ति लियोस् र उद्यम गरोस्,नौलो बिहानी छरोस्
आओस् उत्तम देश भक्त गतिलो,हेरोस् गरीबी चुली
आफ्नै तागत ले र बुद्धि बल ले , फेरोस् नयाँ काँचुली

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016