पखेटा भएदेखि
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

पखेटा भएदेखि उड्थें चरी झैँ
उडी स्वर्ग जान्थें र बन्थें परी झैँ
त्यहाँ स्वर्ग का देउता सङ्ग भेट्थें
कुरा खूब गर्थें अनि प्यास मेट्थें
 
हुनन् देउता का त्यहाँ बालबच्चा
उज्याला हुनन् खूब प्यारा र सच्चा
उनै साथ खेल्थें मितेरी लगाई
म नाच्थें रमाई मिठा गीत गाई
 
त्यहीँ बाट तारा छुने ठाउँ जान्थें
नयाँ दृश्य हेर्थें र आनन्द मान्थें
म पुग्थें उडी जून को आँगनी मा
सँगी साथ नाच्थें घुमी चाँदनी मा
 
छ आकाश कस्तो र कत्रो म हेर्थें
छ के वस्तु ब्रह्माण्ड जत्रो म हेर्थें
उहीँ बाट हेर्थें म धर्ती यहाँ को
सँगी निम्ति दिन्थें म अर्ती यहाँ को
 
फँदाल्थें उहीँ बाट नेपाल खोज्दै
शयौं भव्य झर्ना नदी ताल हेर्दै
पखेटा भएदेखि झर्थें उडेर
यहाँ आइपुग्थें र हेर्थें मुडेर

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016