पचास नाघे पछि
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

होला आयु पचास को मनुज को , क्यै सावधानी लिनू
आफ्नो स्वास्थ्य निमित्त जागृत हुनू ,सन्ध्या बिहानी दिनू
गर्ने काम सही र चिन्तन सही , होस् स्वच्छ बानी सही
जाने ठाम सही र भोजन सही , होस् जिन्दगानी सही
 
आफ्नो उत्तम सम्पदा र रुपियाँ - पैसा नखर्चौं सबै
आफ्ना सन्तति मा विमुग्ध नबनौं , जग्गा नअर्पौं सबै
आफ्नै गास र वास होस् गहकिलो,स्वाधीन होस् जिन्दगी
हाँसो पूर्ण मिठास होस् ; अगतिलो - काती नहोस् जिन्दगी
 
भन्लान् सन्तति ले `म वृद्ध वय मा गर्नेछु सेवा´ भनी
भन्लान् भोलि `म खान - पान सँग नै भर्नेछु मेवा´ भनी
यो विश्वास नहोस् कदापि मन मा `हेर्नेछ सन्तान ले´
मेरा रोग र भोक का दिनहरू , फेर्नेछ सन्तान ले
 
हुन्छन् सन्तति का निजी जटिलता , क्यै गर्न सक्दैन ऊ
ऊ नै दल्दल भित्र हुन्छ बिचरा , क्यै गर्न सक्दैन ऊ
इच्छा राख्न हुँदैन धान्य धन को , छोरा र छोरी सँग
आशा गर्न हुँदैन माल - सुन को , छोरा - बुहारी सँग
 
हस्तक्षेप सहन्न भोलि युग ले , त्यो देखि टाढा रहौं
आफ्ना काम स्वयं गरौं स्वजन मा सद्भाव गाढा गरौं
होस् सामाजिक भावना हृदय मा , लोकोपकारी बनौं
तृष्णा को अनि लोभ को र मद को , भारी भकारी नहौं
 
निष्ठा होस् भगवान् र भागवत मा , होस् प्रार्थना साधना
आस्था होस् कुल इष्ट मा सुजन मा , होस् नित्य आराधना
आफ्नो धर्म बढाउने मन बनोस् , होस् प्रेम सम्बर्द्धित
तत्त्व - ज्ञान उपासना गहन होस् , होस् जिन्दगी हर्षित

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016