परिहास
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हामी सम्बल छौं पवित्र दिल ले , को छन् र हामी सरि ?
हामी अब्बल छौं चरित्र बल ले ,को छन् र हामी सरि ?
हाम्रो बुद्धि विवेक सामु जनता , कच्चा छ सारै बुझ
हाम्रो ज्ञान र सीप सामु दुनियाँ , बच्चा छ आजै बुझ
 
मोनो रेल कुदाइयो र कुदियो , गन्तव्य भेटाइयो
मेलम्ची पनि ल्याइयो र पिइयो , झन् प्यास मेटाइयो
बाढी आउँछ जान्छ यो समय मा , के निम्ति हो आत्तिने ?
पैह्रो झर्नु छ झर्छ यो बखत मा , के निम्ति हो तात्तिने ?
 
चूलो मा धरि ग्यास - पाइपहरू , जोड्यौं जलायौं पनि
नेपालै भरि कार - केबुलहरू , बाँध्यौं चलायौं पनि
स्वेच्छाचार घटाइयो मनुज मा , अज्ञानता भ्याइयो
भ्रष्टाचार हटाइयो मुलुक मा , सम्पन्नता ल्याइयो
 
हाम्रो नैतिकता त विश्व भरि मा , नामी छ भन्छन् सबै
हाम्रो धार्मिकता त विश्व भरि मा , दामी छ भन्छन् सबै
होली - वाइन खाइयो र तिनकै , गाना नयाँ गाइयो
संसारै तिर धाइयो र घुमियो , दाना मिठा पाइयो
 
भत्ता जत्ति लुँड्याइयो र सुबिधा , आफ्नै निजी पारियो
जग्गा कत्ति अँठ्याइयो गजब ले , कित्ता यता सारियो
तग्ने काम यहाँ अनेक गरियो , ऊर्जा सबै झोँकियो
थेग्ने थाम निमित्त शक्ति भरियो , नेपाल नै बोकियो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016