पानी मा कवि गोष्ठी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मायाँ बोकी , पाल्नुभो मित्र केही
बाती जोडी , बाल्नुभो भित्र केही
गाऔं भन्दै , काव्य बन्दीपुरै मा
बेसी झर्नै , थाल्नुभो मित्र केही
 
रातो माटो , देखि दङ्गै परेथ्यौं
चिफ्लो बाटो , झन् भिरालो झरेथ्यौं
पानी पर्दा , ओत लागी बसेथ्यौं
झन्डै कोही , छेउ बाटै खसेथ्यौं
 
सेनानी को , भव्य आतिथ्यता मा
चम्क्यो गोष्ठी , काव्य को भव्यता मा
वर्ष्यो पानी , आज आकाश देखि
हर्ष्यो छाती , प्राण को पास देखि
 
रुझ्दै भिज्दै , पो गर्यौं काव्य पाठ
सङ्गी साथी , पो थियौं सात आठ
सुन्ने मान्छे , तीस चालीस लाग्थे
मीठा मीठा , काव्य का स्वाद चाख्थे
 
गोष्ठी खुल्ला , चौर मा नै भएथ्यो
त्यो गोष्ठी मा , भाव - गङ्गा बहेथ्यो
छाता ओढी , सुन्दथे काव्य कोही
कामै छोडी , सुन्दथे काव्य कोही
 
गोष्ठी पश्चात् , वृक्ष रोप्यौं सबै ले
राम्रो मौका , आज छोप्यौं सबै ले
सेना द्वारा , पाइयो उच्च सेवा
जो हुन् सच्चा , देश का लागि टेवा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016