पिता
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

तीतो लाग्दछ नीम किन्तु त्यसको, छायाँ छ झन् शीतल
लाग्छन् शुष्क पिता परन्तु उनको,मायाँ छ झन् निर्मल
धर्ती कै सरि धीरता छ उनमा , ती वीर छन् भीम झैँ
आकाशै सरि उच्चता छ उनमा , गम्भीर छन् राम झैँ
 
राख्छन् ध्यान जहाँ रहे नि भगवान् , प्यारा सबै भक्त को
गर्छन् ख्याल जहाँ बसे पनि पिता , आफ्ना तिनै रक्त को
जाडो मा पनि घोटिएर पसिना , उत्पन्न गर्छन् उनी
आफ्ना सन्तति का सुरम्य सपना , सम्पन्न गर्छन् उनी
 
जान्छन् दूर उनी कमाउन भनी , सन्तान का खातिर
छाड्छन् भोज गरी रमाउन उनी , सन्तान का खातिर
आफ्नो ठाउँ समाज को र घर को , मायाँ उनी त्याग्दछन्
प्यारो देश हिमाल को र बर को , छायाँ उनी छाड्दछन्
 
आफ्नो ख्याल गरून् कि कत्ति नगरून्,सन्तान को गर्दछन्
आफ्नो लागि कुरा सुनून् कि नसुनून् , सन्तान को सुन्दछन्
हाँस्छन् फेरि हँसाउँछन् पनि उनै , पाल्छन् र पोस्छन् उनै
नाच्छन् फेरि नचाउँछन् पनि उनै , सङ्कष्ट शोस्छन् उनै
 
पोल्छन् चस्स परन्तु जीवन दिने , हुन् घाम जस्तै पिता
रन्कन्छन् तर शान्ति शीतल दिने , हुन् बाम जस्तै पिता
पाऊन् सन्तति ले महान् सफलता , यै चाहना गर्दछन्
छोऊन् जून; सधैं - सधैं हृदय मा , यै भावना भर्दछन्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016