पुतली
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

पुतली ! अब नाँच न है फनन !
कति छौ ? दश-बीस ? तिमी गन न !!
म सँगै दिनरात यहीँ बस है !
अनुरोध म गर्छु सँगी बन न !!
 
गुलमोहर छन् र गुलाफ यहाँ
कति शीतल चल्छ यहीँ पवन !!
जल वर्षन खोजिरहे छ यहाँ !
सुन ! बादल को धुन त्यो घनन !!
 
छ सबैतिर आज घना कुहिरो !
मुसकाउँछ भोलि निलो गगन !!
हर फूल चहार उडेर तिमी !
तिनको रस तान न है तनन !!
 
कति हेर्नुछ दृश्य विचित्र यहाँ !
पुतली ! अब खोल न है नयन !!
सब जान्नुछ बुझ्नुछ यो दुनियाँ !
गहिरो मन ले गर है मनन !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016