पुत्र खुङ्खार आओस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

यो मेरो वेदना मा,मृदु हृदय हुने, पुत्र हो ! हेरिदेओ !
चर्केको कष्ट लाई,मधुर मलम को,हात ले फेरिदेओ !!
हज्जारौं दुष्ट दु:शासनमय जन ले द्रौपदी झैँ मलाई !
लाजै मर्दो गराए,अब यदुपति को वस्त्र ले बेरिदेओ !!
 
चल्ला मेरा दुखी छन्,कति कति बिचरा,हाल देखेर मेरो !
उड्दैछन् दूर डाँडा,रनवन तिर; यो ताल देखेर मेरो !!
विद्वान् या बुद्धिजीवी,कतिपय जन छन् ,भीष्म झैँ मौन बन्छन् !
केही छन् बाँधिएका,गुरुजन बलि झैँ,द्रोण झैँ मौन हुन्छन् !!
 
मेरो यस्तो दशा भो,विवश विवश झैँ,गर्न केही न सक्ने !
शेरा,टारी र गैरी,मलिन मलिन छन्,छर्न केही न सक्ने !!
पानी को ताल प्यासी किन रहन गयो ? शुष्क छन् हाड छाला !
छाती मा बल्छ आगो,दनदन यसरी,को निभाएर जाला ?
 
बत्तीसै दाँत टोकी, कटटकट गरी,भीम आओस् न कोही !
देशद्रोहीहरू का घर घर भय-भूकम्प ल्याओस् न कोही !!
कालो नीलो अँधेरो,सघन घन-घटा बीच विद्युत् निकालोस् !
वर्षोस् चारै दिशा मा,कुटिल हृदय का,दम्भ दुर्भाव फालोस् !!
 
मेरो यो चोट बुझ्ने,गरम प्रकृति को,पुत्र खुङ्खार आओस् !
मेरो सद्भक्ति गर्ने,गहन किसिम को,चेतनाधार आओस् !!
आशा बाँकी छ मेरो अझ पनि मन मा,कृष्ण झर्नेछ भोलि !
लोभी स्वार्थी घमण्डी खल र असुर को,प्राण हर्नेछ भोलि !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016