प्रश्न
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मेरा सुन्दर स्वप्न - मन्दिरहरू , गर्दैछ विध्वंस को ?
मेरो अन्तर का हिमालयहरू , पार्दैछ झन् चूर्ण को ?
को हो कंस समान उद्धत भई , गर्ने तमासाहरू ?
को हो तेल घसेर फेरि मुख मा , हान्ने तमाचाहरू ?
 
को घोंच्दैछ कठोर निर्मम बनी , उन्मुक्त छाती यहाँ ?
को पोल्दैछ रुखा - सुखा हृदय का , उद्दीप्त बाती यहाँ ?
वर्षौं देखि सहें र यो गति भयो , हड्डी छ ढल्दो अब
पीडा - कष्ट गयो न उन्नति भयो , नाडी छ गल्दो अब
 
छाना छाइदिने भन्यौ म बबुरी , विश्वास गर्दै बसें
नाना ल्याइदिने भन्यौ म बिचरी , झन् आश गर्दै बसें
हात्ती पाल्न सकिन्न है पनि भन्यौ , जम्मै पत्याएँ हिजो
आफ्नो जे पहिचान गौरव थियोे , जम्मै लत्याएँ हिजो
 
घाँडो झैँ गणतन्त्र बोझिल भयो , छाड्ने कि राख्ने अब ?
यो सङ्घीयपना अपाहिज भयो , पाल्ने कि फाल्ने अब ?
झन् उस्तै निरपेक्ष - धर्म छ यहाँ , अस्तित्व मेटाउने
ई द्वारा कसरी समृद्धि - सुख को , आधार भेटाउने ?
 
को हो नीच कपूत यो मुलुक को , गद्दार या घातकी ?
को हो भूत पिशाच यो मुलुक को ,खुङ्खार या पातकी ?
को बेच्दैछ समस्त सन्ततिहरू , खाडीहरू मा भन ?
को घुम्दैछ लुटेर सम्पतिहरू , गाडीहरू मा भन ?


BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016