प्रस्थान आजै गरौं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

टल्केको छ प्रकाश त्यो क्षितिज मा , जाने उहीँ हो बुझौं
यो पीडामय वर्तमान सब ले , लाने उहीँ हो बुझौं
घावैघाउ छ चौदिशा कहर छन् , गर्नै छ शल्यक्रिया
फुस्रो भाग्यविहीन यो समय को , हर्नै छ पीडा व्यथा
 
जाने मार्गहरू निकै विकट छन् , चट्टान छन् भीर छन्
खाई दल्दल छन् र अग्नि पथ छन् , अत्युच्च प्राचीर छन्
नाघी जानु छ विघ्न - बाधकहरू , फौलाद चर्को बनी
माटो बोक्नुछ काँध मा कि शिर मा , औलाद अर्कै बनी
 
जो होलान् बलवान् तथा पहलमान्,ती व्यक्ति हिँड्छन् त्यहाँ
होलान् हिम्मतवान् खरो रगतवान् ,ती शक्ति भिड्छन् त्यहाँ
जो छन् कायर रक्त का हृदय का , ती दूर भाग्छन् कतै
जो छन् पामर चित्त का र भय का , ती लुक्न लाग्छन् कतै
 
धेरै त्याग गरेर हिंड्नु छ त्यहाँ , यो ज्यान अर्पीकन
आमा को हित निम्ति धार - पसिना , सप्रेम तर्पीकन
आगो निल्न तयार जो छ मनुवा , ऊ निम्ति त्यो मार्ग हो
आँधी झेल्न तयार जो छ अगुवा , ऊ निम्ति त्यो मार्ग हो
 
पस्ने छौँ तब दूर को क्षितिज मा , जो झल्मलाकार छ
बस्ने छौँ तब स्वप्न को शहर मा , जो झल्झलाकार छ
ए को छौ गतिमान् र शुद्ध मतिमान् ? प्रस्थान आजै गरौं
को छौ उन्नतिमान् तथा प्रगतिमान् ? उत्थान आजै गरौं
 
 
प्राचीर = अग्लो पर्खाल , दुर्ग

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016