प्राकृत सङ्गीत
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

यो एकान्त र मध्यरात बिच मा , सुन्दै छु सङ्गीत म
लाखौं लाख प्रकार राग सुर का , सुन्दै छु है गीत म
यै आनन्द समाधिमा ॠषिहरू , हुन्थे हुनन् निश्चित
यो भन्दा पनि दिव्य राग तिनले , सुन्थे हुनुन् निश्चित
 
कस्ता शब्द लिएर वर्णन गरूँ , यो दिव्य सङ्गीत को ?
कस्ता छन्द लिएर गायन गरूँ , यो भव्य सङ्गीत को ?
एस्ता प्राकृत वाद्यवादनहरू , को सुन्छ होला यहाँ ?
यो सङ्गीत सुनी समाधिसुख मा , को पुग्छ होला यहाँ ?
 
मान्छे मूर्च्छित चेतना छ अहिले , ऊ स्वप्न मा मस्त छ
मान्छे प्राकृत नीँद मा छ अहिले , या भोग मा व्यस्त छ
शब्दातीत छ मन्दमन्द धुन यो , क्या दिव्य झङ्कार छ
व्याख्यातीत छ घुन्नघुन्न लय यो , सुन्दा चमत्कार छ
 
मान्छे जाग्दछ किन्तु ऊ प्रकृति को , सुन्दैन केही कुरा
मान्छे बुझ्दछ किन्तु ऊ प्रकृति को , बुझ्दैन केही कुरा
खोला कल्कल गर्छ यो तरलता , देखिन्न मान्छे सँग
हावा सिर्सिर चल्छ यो सरलता , देखिन्न मान्छे सँग
 
हज्जारौं थरि जीव छन् प्रकृति मा , सङ्गीत गुञ्जाउँछन्
मीठा राग अलाप्दछन् र सुरिला , आवाज घन्काउँछन्
जो सुन्लान् यति दिव्य राग लहरी , धन्यात्म होलान् तिनै
जो गुन्लान् मन बुद्धि जाग्रत गरी , पुण्यात्म होलान् तिनै
 
जे सङ्गीत सुनिन्छ बाहिर उही , सुन्दै छु झन् भित्र म
जे आनन्द लिँदै छु बाहिर बसी , भोग्दैछु झन् भित्र म
खोजेको सुख हो र त्यो छ मन मा , त्यो भेट्न जाने कहाँ ?
तृष्णा मेट्नु छ भित्र छन् नद नदी , त्यो मेट्न जाने कहाँ ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016