प्राण सञ्चार नै हुँ म
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

तिम्रो प्रणय वीणा को,अस्पर्शी तार नै हुँ म
असह्य वेदना पोख्दो , तीव्र झङ्कार नै हुँ म
 
तिमी हौ सार का सार , पूर्ण निस्सार नै हुँ म
वरदान मिले तिम्रो , फूल को हार नै हुँ म
 
तिमी हौ नील आकाश , म उड्दो प्रस्तरेणु हुँ
अणु को हुन्छ ब्रह्माण्ड , सूक्ष्म संसार नै हुँ म
 
चाहन्थेँ फूल यौटा म , सिङ्गो उद्यान सुम्पियौ
शोभा सौन्दर्य ले पूर्ण , तिम्रो शृङ्गार नै हुँ म
 
तिम्रो कृपा विना मेरो , कसरी हुन्छ सद्गति ?
मधु भर्छौ तिमी मीठो , मौरी को घार नै हुँ म
 
बजाऊ बाँसुरी कृष्ण ! देऊ सञ्जीवनी सुधा
पाए अधर को स्पर्श , प्राण सञ्चार नै हुँ म

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016