फूल लाई सन्देश
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

केही फूल फुली निकुञ्ज वन मा,सौन्दर्य ले युक्त छौ
केही फूल झुली बसे पनि उहीँ,माधुर्य ले मुक्त छौ
केही मा छ सुगन्ध औ मधुरता,झन् ज्ञान ले पूर्ण छौ
केही बोझिल छौ उदास-मन छौ,अज्ञान ले पूर्ण छौ
 
केही शिष्ट विशिष्ट छौ गहकिला,उद्यान का फूल हे
केही हृष्ट र पुष्ट छौ चहकिला , विज्ञान का मूल हे
सन्तोषी मन ले र सौम्यपन ले,हाँस्छौ सधैं बाग मा
आफ्नै गुञ्जन ले व्यथा गहन ले,बाँच्छौ सधैं बाग मा
 
टिप्छन् फूल समूह ले र दल ले , माला बनाई लिन
आफ्नो गौरव पूर्ण गर्न अथवा , गाला फुलाई लिन
जे गर्दा पनि फूल मौन किन छौ , राखे र फाले पनि
आत्मा ले अझ शून्य-शून्य किन छौ ,फाले अँगाले पनि ?
 
तिम्रा भाव विचार मौन न बनून् , ए फूल ! यो जान है
तिम्रा ती व्यवहार शून्य न रहून् , ए फूल ! यो मान है
कोही निर्मम ढङ्ग ले उनिरहून् , खप्छौ भने के भनूँ ?
यस्तो मा पनि मन्त्र नित्य उनकै , जप्छौ भने के भनू ?
 
तिम्रा राग असीम उर्लन पुगून् , आकाश छेड्ने गरी
भाषा भाव विचार कुर्लन पुगून् , ब्रह्माण्ड भेद्ने गरी
यो उद्यान सजाउने मन भए , बोल्दै र फुल्दैरहे
आफ्नो उत्तम स्वाभिमान दिल को , खोल्दै र झुल्दैरहे

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016