बर्षेन झम्झम् झरी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

सक्छौं हेर्न अनन्त नील नभ मा,के गर्न सक्छौं अरू ?
सक्छौं पूजन गर्न मेघदल मा,के गर्न सक्छौं अरू ?
एस्तो लाग्छ भएछ आज ननिको,उन्मत्त झैँ बादल ।
हाम्रो भाव बुझी दयामय बनी,वर्षाउँथ्यो के जल ? १
 
हेर्दा लाग्छ कपास हो मखमली,या हो कुनै पत्थर ?
या हो जीवन पुष्प या नव कली,या हो कुनै निष्ठुर ?
विन्ती का हर रीति रूप सकिए,विन्ती गरौं के गरी ?
हाम्रो पन्ध्र असार नै गइसक्यो,वर्षेन झम्झम् झरी ।।२
 
तर्काली लहरा सुके फल सुके,फर्सी घिरौंला सुके ।
गैरी खेत गरा सुके थल सुके,मर्सी सिरौंला सुके ।।
सारा आँत सुक्यो वनस्पति जगत् ,सुक्दैछ खैरो बनी ।
यो कोलाहल बीच मेघ नभ मा,डुल्दैछ बैरो बनी ।।३
 
फुल्नै छाडिसके गुलाफ टिउरी ,चम्पा गुँयेली पनि !
खुल्नै छाडिसके सुवासित हुने ,बेली चमेली पनि ।।
उम्रेका तरु पारिजात तुलसी , छन् खिन्न पानी विना !
नेपाली जनता किसान तपसी,छन् छिन्न पानी विना ।।४
 
हे गङ्गाधर ! हे त्रिनेत्र ! शिव हे ! हे देव ! हे शङ्कर !
हे शम्भो ! गिरिजापते ! पशुपते ! हे चन्द्रमौलीश्वर !!
वर्षाऊ न कृपा गरेर जल को,धारा यहाँ खल्खल ।
हाम्रो देश हराभरा बनिरहोस्,ऐश्वर्य होस् झल्मल ।।५

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016