बलात्कार
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

यहाँ को छ कानून खल्तीहरू मा
भुलेको छ नेपाल गल्तीहरू मा
यहाँ न्याय गर्ने कुनै जन्मिएन
त्यसैले सुबाटो कसैले लिएन
 
बलात्कार राणाहरू ले गरेथे
दुराचार काँडाहरू ले गरेथे
उही पाप गर्दैछ नेता यहाँ को
बनेको छ पापी विजेता यहाँ को
 
सुरक्षा दिने तत्त्व सेना बनेथे
उनै नित्य न्यानो अँगेना बनेथे
भयो के र ती आज निष्प्राण झैँ छन् ?
विना काम का देखिने बाण झैँ छन् ?
 
बगैंचा बलात्कार गर्दैछ माली
अनाचार गर्दैछ न्याय - प्रणाली
व्यवस्थापिका भित्र उस्तै छ हाल
छ चारै दिशा लूट बेहाल चाल
 
यहाँ कर्मचारी बलात्कार गर्छ
बिचारी पुजारी बलात्कार गर्छ
छ सेवा - प्रवाही सिपाही छ उस्तै
जता हेर हाम्रो तवाही छ उस्तै

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016