बाटो नयाँ खन्नुछ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मुट्ठी भित्र विकास को व्रत लिई हिँड्नेहरू चाहियो
छाती का विष दोष या तुस भुली , भिड्नेहरू चाहियो
माटो मुछ्नुछ बीज छर्नुछ यहाँ , उत्साह नौलो लिई
ढुङ्गा कुँद्नुछ लौह घोट्नुछ यहाँ , ऊर्जा सुनौलो पिई
 
यो नौलो युग मा नयाँ समय मा , केही अनौठो गरी
यो भोको वय मा हुँदा अभय मा , आशा र ऊर्जा छरी
सिक्दै पाठ अतीत बाट सब ले , बाटो नयाँ खन्नुछ
यो माटो नव - सिर्जनामय हुँदै , पाटो नयाँ बन्नुछ
 
बूढो व्यक्ति हुँदैन बालक नयाँ , यो सत्य जानौं पढौं
बूढो सोच हुँदैन सर्जक नयाँ , मानौं उकाली चढौं
बढ्ने हो गतिमान् बनीकन उँभो , झन् ऊर्ध्वगामी भई
लड्ने हो हर भोक - रोग सँग नै , झन् अग्रगामी भई
 
के फर्कन्छ हिमाल मा हिमनदी ? त्यो सिन्धु मा पुग्छ नै
जो फर्कन्छ अतीत मा पछि हटी , त्यो बिन्दु मा पुग्छ नै
यो संसार अगाडि बढ्छ जहिले , सम्भावना छाम्दछ
बर्षेका हर विघ्न - वज्र खतरा , जे आउँछन् थाम्दछ
 
फुल्ने हो यस बाग मा मधुमयी , बास्ना छरी हे युवा !
झुल्ने हो फल ले सुशोभित भई , बोटै भरी हे युवा !
छाडौं स्वार्थ र लोभ - लालचहरू , खर्चौं सबै तागत
त्यागौं व्यर्थ विवाद का पलहरू , बन्ला महान् आगत

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016