बाढी को कहर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

बाढी आइरहेछ गाउँ घर मा , चीत्कार मा देश छ
गाना गाइरहेछ मृत्यु डर मा - शीत्कार मा देश छ
डुब्दैछन् घर गोठ आँगन पिँढी,सन्त्रास बढ्दो छ झन्
बग्दैछन् हर वस्तु वाहन सिँढी ,आकाश खस्दो छ झन्
 
मान्छे छन् घर गोठ का उपर मा ,कैयौं बगी गैगए
मान्छे छन् कति बोट का उपर मा , कैयौं ढली गैगए
चल्थे वाहन कार मोटर जहाँ , डुङ्गाहरू छन् त्यहाँ
फल्थे धान मकै चना गहुँ जहाँ , ढुङ्गाहरू छन् त्यहाँ
 
कैयौं गाउँहरू पहाड तिर का , पैह्रो गई ध्वस्त छन्
कैयौं ठाउँहरू स्वदेश भर का , बाढी सँगै त्रस्त छन्
हाहाकार हुँदै छ यो मुलुक मा ,चौतर्फ छन् आहत
सारा देश रुँदै छ यो समय मा , खोज्दै छ झन् राहत
 
खाने चीज बगे पकाउन हुने , भाँडा कराही बगे
रोप्ने बीज बगे लगाउन हुने , भोटा र साडी बगे
गाई गोरु बगे छुरी र हँसिया , डोका र नाम्ला बगे
सुत्ने खाट बगे दरी र तकिया , पाखी र काम्ला बगे
 
कैयौं बृद्ध बगे युवा कति बगे , जोडा र जोडी बगे
कैयौं पुत्र बगे पिता पति बगे , पत्नी र छोरी बगे
कैयौं का बिपना बगे धन बगे , क्या अश्रुधारा बगे
कैयौं का सपना बगे सुन बगे , सारा सहारा बगे

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016