बाल गजल
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

चरी ! चिर्बिराएर , आऊ म सामु !
खुशी भै मिठा गीत गाऊ म सामु !!
 
कुरा कत्ति होलान् , नराम्रा र राम्रा !
समाचार नौला , सुनाऊ म सामु !!
 
यता अन्न दाना , छरेको छु मैले !
तिखा ती चुचा ले , समाऊ म सामु !!
 
बचेरा कहाँ छन् , उडाएर ल्याऊ !
टिपी टप्प चारा , खुवाऊ म सामु !!
 
बिराली उता बाट आयो ल हेर !
डराऊ र चर्को , कराऊ म सामु !!
 
सँगी आज तिम्रा , सुतेका त छैनन् ?
उडी भुर्र जाऊ र ल्याऊ म सामु !!
 
सुनेको छु मैले , तिमी छौ सिपालु !
उही सीप आफ्नो , बताऊ म सामु !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016