बालक
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

ज्ञानी बालक - बालिका बनिदिए,यो देश बन्ने थियो ।
सच्चा ज्ञान र सीप ले बलिदिए,यो देश बल्ने थियो ।।
सारा बालकबालिका मुलुक का,हुन् भोलि का बाहक ।
हुन् अन्धो युग का सफा नयन ती,हुन् देश सञ्चालक ।।
 
आशा का अनुहार बालकहरू,हुन् देश का आश नै ।
नेपाली मुटु का अथाह बल हुन् ,हुन् आत्म-विश्वास नै ।।
बाधा सामु पहाड बन्न तिनले , अभ्यास मा लाग्नुछ ।
आँधी सामु हिमाल बन्न अहिल्यै , सङ्घर्ष ले पाक्नुछ ।।
 
धर्ती स्वर्ग बनाउँछन् समय मै ,सुध्रे भने बालक ।
धर्ती नर्क बनाउँछन् जटिल भै , बिग्रे भने बालक ।।
धर्ती को हर उन्नति - प्रगति का, आधार हुन् बालक ।
सेवा - सङ्गति का विवेक - मति का,आगार हुन् बालक ।।
 
पढ्छन् बालक जो कडा सकस ले,सङ्घर्ष ले होड ले ।
चढ्छन् उन्नति को महा शिखर मा,बेतोड - बेजोड ले ।।
ती ती सक्षम बन्दछन् र युग नै,हाँक्ने युवा बन्दछन् ।
भावी उच्च समाज भित्र अगुवा , आमाबुबा बन्दछन् ।।
 
आफ्नो देश निमित्त शिल्प र कला,नौला - नयाँ सिक्नुछ ।
आशापूर्ण बनेर सागर मथी , पीयूष नै झिक्नुछ ।।
हाँस्दै बालक ले सिके यदि भने , हाँस्नेछ यो देश नै ।
खेल्दै ज्ञान लिए दिए यदि भने , नाच्नेछ यो देश नै ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016