बालक
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

सब बालक देवदूत हुन्
अनि ती ईश्वर का सपूत हुन्
सुख-शान्ति दिने प्रसून हुन्
धरती का अनमोल जून हुन्
 
हर बालक मा स्वदेश होस्
तिनको चिन्तन नै विशेष होस्
तिनले हर वस्तु जाँच्नु छ
मन मा मात्र स्वदेश साँच्नु छ
 
न पढून्,तर देश ती पढून्
मन मा नित्य स्वदेश नै जडून्
तिनले शय सीप जान्नु छ
अनि देशै भरि नीँब हाल्नु छ
 
सब बालक नित्य निर्भय
हुन पाऊन् नव चेतनामय
तिनले सबतर्फ झाँक्नु छ
पछि यो देश समस्त हाँक्नु छ
 
हर बालक एक तीर हुन्
अनि सम्भावित धीर वीर हुन्
तिनले दिनरात लड्नु छ
विजयी भैकन कीर्ति रच्नु छ
 
पथ भव्य खनाइछाड्नु छ
अनि यो देश बनाइछाड्नु छ
तिनले हर लक्ष्य भेद्नु छ
नभ तारादिक कक्ष छेद्नु छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016