बिन्ती गरेँ हे शिव !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हे शम्भो ! चरितावली हजुर का , गाऊँ दिनोस् भावना
मैलो फाल्न पखाल्न छन् हृदय का , सच्चा दिनोस् चेतना
चारै तर्फ कुसङ्ग छन् म सहजै , त्यागूँ गरूँ चिन्तन
आत्मोद्धार निमित्त सत्व मति मा , लागूँ गरूँ मन्थन
 
हे कैलाशपते ! ममा हजुर को , छायाँ परोस् केवल
ढुङ्गो झैँ छु कडा ममा हजुर को , मायाँ परोस् निर्मल
बाटो भुल्दछु योग ध्यान तप को , साह्रै म कच्चो भएँ
पाटो छाड्दछु भक्ति ज्ञान जप को , काँचो म बच्चो भएँ
 
हे ईशान ! म सत्य देखि जहिले , डग्दो छु खै के गरूँ ?
यो संसार समुद्र माथि जहिले , बग्दो छु खै के गरूँ ?
माया दुस्तर लाग्दछिन् हजुर की , खर्लप्प ढाक्छिन् सधैं
मेरो अन्तर - चेतना तमस ले , छोपेर राख्छिन् सधैं
 
हे भूतेश्वर ! हेर्नुहोस् म छु कहाँ , यो पाप को राख मा
इच्छा गर्दछु बस्न त्यो हजुर को , न्यानो दिने काख मा
माटो खेल्दछु दल्छु ज्यान भरि नै , छोरो म त्यागिन्छु र ?
गल्ती गर्दछु बुद्धिहीन सरि भै , छोरो म फ्याँकिन्छु र ?
 
हे गङ्गाधर ! गर्नु होस् अब दया , मेरा कमी हर्नु होस्
यो रित्तो मन भर्नु होस् अमृत ले , नौलो प्रभा छर्नु होस्
मेरा ती अपराध बिर्सिदिनु होस् , गल्ती गरेँ हे शिव !
सारा पाप पखाल्नु होस् वर दिनोस् , बिन्ती गरेँ हे शिव !

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016