बिरामी गाई
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

गाई छ मेरो अति घाउयुक्त
लाग्दो छ साँच्चै बिनु पाउयुक्त
खोज्दो छ झैँ लाग्छ कुनै सहारा
हुँदो छ ऊ केवल बेसहारा
 
गाई बिरामी छ कसो गरूँ म ?
ग्वाला हरामी छ कसो गरूँ म ?
दिंदैन ऊ घाँस पराल दिन्न
गायो खनायो सतिसाल दिन्न
 
दुहुन्न मात्रै थुन ऊ निचर्छ
बाल्टीहरू ऊ खुन बाट भर्छ
गाई लडेमा पनि छैन सुर्ता
लडी मरेमा पनि छैन चिन्ता
 
दुब्लो र हड्डी यसको छ अङ्ग
गुम्यो कि झैँ लाग्दछ रूपरङ्ग
लुतो छ उस्तै र पिलो छ उस्तै
गोब्र्याइँदो वस्तु गिलो छ उस्तै
 
छ हाल एस्तो उसमाथि किर्ना
छन् पेट मा उत्ति जुका र चुर्ना
कतै किरा छन् त कतै अटेर्ना
न ओखती को छ कतै जगेर्ना
 
बाच्छाहरू दूध पिएर जाग्छन्
खुट्टा बजार्छन् अनि दूर लाग्छन्
युगौं भयो रीति यही चलेको
गाई न कैल्यै छ फुले फलेको

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016