बुद्ध लाई सम्झँदै
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

देख्यो रुग्ण र वृद्ध व्यक्ति उसले,सोच्यो "म के होउँला ?"
बोकेको शव बाट पीडित हुँदै,सोध्यो "म के होउँला ?"
ऊ संवेद्य बन्यो र चिन्तन गर्यो,खोजी गर्यो सत्य को
सारा मानव का निमित्त उसले,गोजी भर्यो सत्य को
 
ठूला शास्त्र पुराण वेद मत को,जो गर्दथ्यो खण्डन
सेवा सद्गुण शान्ति को र सत को,जो गर्दथ्यो मण्डन
मायाँ को मन को दयालुपन को रक्षा उसैले गर्यो
अग्लो मानवता सँगै हृदय को,कक्षा उसैले पढ्यो
 
सङ्लो धार्मिक नाउँ मा विकृति का,पर्खाल भत्काउँथ्यो
मैलो रीतिरिवाज को चलन को चट्टान चट्काउँथ्यो
हिंसामुक्त समाज निर्मित हुने उद्घोषणा गर्दथ्यो
सच्चा हार्दिक भावना र करुणा,सञ्चेतना छर्दथ्यो
 
साक्षी बन्न विपश्यना विधि दियो,अर्ती दियो शीतल
ज्ञानी बन्न दया क्षमा निधि दियो,बत्ती दियो उज्ज्वल
लाग्छन् उत्तम पञ्चशील जहिले,विज्ञान का सागर
लाग्दैनन् कहिल्यै कुनै समय मा,विज्ञान भन्दा पर
 
हिंसा गर्न हुँदैन शान्ति मन मा,पालौं सधैं भन्दथ्यो
चोरी गर्न हुँदैन भ्रान्ति मन को,फालौं सधैं भन्दथ्यो
पीडा जीवन मा छ त्यो समय मा,मेटौं भनेकै थियो
खोजौं यत्न गरेर मोक्ष पदवी, भेटौं भनेकै थियो
 
त्यो को हो जन का निमित्त सुख को,साम्राज्य छोडी गयो
खोजी गर्न भनेर ´सत्य´ वनमा,बन्धुत्व तोडी गयो
यो श्रद्धामय भावना जल स्वयं,सप्रेम तर्पन्छु म
तेस्तो उच्च विराट् महापुरुष मा, यो चित्त अर्पन्छु म

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016