बुद्धात्मा को राज्य आओस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

यो माटो मा , श्रम - धन छरे , रत्न या स्वर्ण फल्थ्यो ।
सोच्ने शैली , सुगठन गरे , देश जीवन्त बन्थ्यो ।।
यै धर्ती मा , लुटुपुटु हुने , रक्त जन्मेन यौटै ।
मायाँ गर्ने , मन - मुटु दिने , भक्त जन्मेन यौटै ।।
 
धीमान् मान्छे , दल र छल को , शक्ति ले हेपिंदै छन् ।
विद्वान् मान्छे , बल र खल को , शक्ति ले चेपिँदै छन् ।।
कोही विद्वान् , अमुक दल का , भन्दछन् बुद्धिजीवी ।
कोही विद्वान् , अमुक दल का , बन्दछन् बुद्धिजीवी ।।
 
जो जो हुन्छन् , दलरहित का , ती विना मूल्य का छन् ।
जो जो हुन्छन् , दलसहित का , ती बडा मूल्य का छन् ।।
लेख्ने मान्छे , दल सँग जुटे , भैगए ती विशेष ।
रच्ने मान्छे , दल सँग हटे , ती हुँदैनन् नि बेस ।।
 
झोला बोक्ने , अमुक दल का , ती कलाकार बन्छन् ।
डोला बोक्ने , अमुक खल का , ती गलाहार बन्छन् ।।
जो छन् सच्चा , तरुण तपसी , ती यहाँ व्यर्थ लाग्छन् ।
जो छन् कच्चा , दल सहित का,ती यहाँ अर्थ राख्छन् ।।
 
एस्तो आओस् , नवयुग यहाँ , सत्य ले स्थान पाओस् !
ज्ञानी ध्यानी , श्रमिक जन ले , उच्च सम्मान पाओस् !!
साँच्चै चोखो , ॠषिमन हुने , व्यक्ति को राज्य आओस् !
बुद्धात्मा को , सरल जन को , सत्य - साम्राज्य छाओस् !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016