बुद्धि बल को खाँचो छ यो देश मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आँखा मा नलिएर स्वप्न गहिरो , जाग्ने युवा के युवा ?
आमा निम्ति सधैं भएर बहिरो , भाग्ने युवा के युवा ?
भित्तो चर्किरहेछ आज घर को , गर्ल्याम्म ढल्ला कि झैँ
छानो फर्किरहेछ वज्र त्यसमा , पड्केर झर्ला कि झैँ
 
तिम्रो सिर्जनशीलता छ तगडा , देख्दैछु मेरा युवा !
तिम्रो स्वागत गर्न मा युग खडा , देख्दैछु मेरा युवा !!
छन् साकार निमित्त स्वप्न मुटु मा , अल्झी बसेका कति !
सीमातीत दुखाइ छन् युग - युगौं , बल्झी रहेका कति !!
 
तिम्रो हात फलाम बन्छ सहजै , मुठ्ठी कसेछौ भने
तिम्रा लागि सलाम गर्छ दुनियाँ , नौलो गरेछौ भने
ढुङ्गा स्पर्श गरेर जीवन दिने , छन् सीप ती हात मा
नाङ्गा पर्वत बाट कुन्दन दिने , छन् सीप ती हात मा
 
आऊ झल्मल सूर्य को किरण झैँ , आनन्दकारी बनी
आऊ शीतल सौरभी पवन झैँ , सन्तापहारी बनी
तिम्रो शिल्प कला र बुद्धि बल को ,खाँचो छ यो देश मा
तिम्रो गीत गला र छन्द लय को ,साँचो छ यो देश मा
 
फुल्छन् फूलहरू तिमी जुटिदिए , चट्टान मा भीर मा
खुल्छन् मूलहरू तिमी उठिदिए , चट्टान मा भीर मा
तिम्रो सुन्दर साधना र सपना , यै भूमि मा देखियोस्
तिम्रो उत्तम कल्पना र कविता , यै भूमि मा लेखियोस्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016