बोटबिरुवा लाई मायाँ गरौं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

न बोट हुन्थे लहरा न झुल्थे
रङ्गी बिरङ्गी न त फूल फुल्थे
हरा - भरा जङ्गल नै न हुन्थ्यो
संसार को मङ्गल नै न हुन्थ्यो
 
हुँदैनथे बोट चरा हुँदैनथे
कुला र धारा छहरा हुँदैनथे
न चित्त हर्ने वन - कुञ्ज हुन्थे
न बाघ - गैंडा - गज - पुञ्ज हुन्थे
 
न बोट हुन्थे न त स्वास्थ्य हुन्थ्यो
धर्ती र आकाश न स्वच्छ हुन्थ्यो
गुञ्जिन्नथ्यो गायन कोइली को
सुनिन्नथ्यो रोदन न्याउली को
 
न बोट हुन्थे न मयूर नाच्थे
न लाख - लाखौं थरि जीव बाँच्थे
चराचुरुङ्गी न त देख्न मिल्थ्यो
न विश्व मा मोहक दृश्य खिल्थ्यो
 
न बोट हुन्थे न त सास चल्थ्यो
न सुन्तला काफल स्याउ फल्थ्यो
तसर्थ ती बोट कुनै नकाटौँ
महान् बनौं हार्दिक भाव साटौँ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016