भरिया त हौं नि
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हाम्रो भरोसा "रअ" को छ हेर !
"सीआइए" को तह को छ हेर !
हाम्रो कुनै जाँच हुँदैन यार !
कानून छैनन् न छ अख्तियार
 
लिएर डाडू - पनिया लिएर
ठूला कसौंडी - थलिया लिएर
सत्ता सँभाल्ने रस का निमित्त
सङ्घर्ष गर्ने कसका निमित्त ?
 
के हो कुरा यो कहिल्यै नसोध्नू
जे जे लुकाऔं कहिल्यै नखोज्नू
हामी कसैका करिया त हौं नि
र पश्चिमा का भरिया त हौं नि
 
दुई - तिहाई मत पो छ हाम्रो
दलाल को सङ्गत पो छ हाम्रो
को बोल्छ हाम्रो गति का विरुद्ध ?
को उठ्छ यो सम्मति का विरुद्ध ?
 
खोकाउँछन् जे पनि खोकिदिन्छौं
घोकाउँछन् जे पनि घोकिदिन्छौं
भाडा लिएका सब टट्टु हामी
बोकाउँछन् जे पनि बोकिदिन्छौं

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016