भाग्यमानी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

उनले न त गीत नै भने
न त सङ्गीत न प्रीत नै भने !
सुख बाट सधैं हटे पर
दुख-सङ्घर्ष गरे निरन्तर !!
 
न त भोज न मोज नै गरे
न त मस्ती पनि रोज नै गरे !
न त खेल्न गए कुनै दिन
न रमाए मन ले कुनै छिन !!
 
दिनरात परिश्रमी बने
पहरा एक गरी गरी खने !
असिना पसिना भईकन
दुख का सासहरू शयौं गने !!
 
कति ग्रन्थ पढे नयाँ नयाँ
कति चट्टान चढे नयाँ नयाँ !
कति सीपहरू नयाँ सिके
कति ऊर्जा मुटु भित्र को झिके !!
 
कति कर्म गरे बृहत्तर
कति उत्साह भरेर सुन्दर !
यसरी पल खर्चिँदै गए
उनका लक्ष्य समेटिँदै गए !!
 
जति उच्च मनुष्य बन्दछन्
उति नै मार्ग विशाल खन्दछन् !
कति ले कति लक्ष्य छोड्दछन्
कति ले प्राप्त गरेर छोड्दछन् !!
 
जब लक्ष्य चुमेर ती गए
अनि नाचेर झुमेर ती गए !
सब को मुख ले यही भन्यो
"उनको भाग्य मुरी मुरी थियो !"

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016