भानु लाई सम्झँदै
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

न शब्द को बोझिलता छ भानु मा !
न बुद्धि को धूमिलता छ भान मा !!
विचार को उज्ज्वलता छ भानु मा !
संस्कार को मञ्जुलता छ भानु मा !!
 
कवित्व का भुल्भुल मूल हुन् उनी !
व्यक्तित्त्व का अद्भुत फूल हुन् उनी !!
पहाड का निर्झर तुल्य पावन !
साहित्य का कञ्चन कूल हुन् उनी !!
 
जातीय सद्भाव बढाउँथे उनी !
आदर्श का पाठ पढाउँथे उनी !!
निसर्ग मा त्यो गहिराइ देख्दथे !
छामेर छाती मुटु बाट लेख्दथे !!
 
छर्थे कतै ती रसरङ्ग दर्बिला !
गर्थे कतै हास्य र व्यङ्ग्य गर्बिला !!
सुधार का नैतिक जोश हाल्दथे !
विकार का दुर्गुण दोष फाल्दथे !!
 
काव्यत्व को ऊर्वरता छ भानु मा !
स्वदेश को सुन्दरता छ भानु मा !!
आत्मा छुने हार्दिकता छ भानु मा !
अध्यात्म को मार्मिकता छ भानु मा !!
 
डाला-मुना-पात-लता-बुटा मा !
डोका र नाम्ला हँसिया कुटा मा !!
घाँसी जुटेको जब देख्दथे उनी !
सत्प्रेरणा ले मन फेर्दथे उनी !!
 
साहित्य जो एक विडम्बना थियो !
आकाश को फूल र कल्पना थियो !!
भाषा थियो केवल ओठ ओठ मा !
नेपाल का दुर्गम गाउँ गोठ मा !!
 
दरिद्र भाषा र दरिद्र चिन्तन !
दरिद्रता मात्र थियो चिरन्तन !!
त्यस्तो अँध्यारो दयनीय काल मा !
आचार्य आए गज सिंह चाल मा !!
 
श्रीराम को दिव्य चरित्र गायन !
गर्ने महान् लक्ष्य लिएर पावन !!
लेखे महाकाव्य विचित्र सुन्दर !
विभूति नै बन्न पुगे धुरन्धर !!
 
पिलाउँदै भक्ति सुधा गए उनी !
दिलाउँदै काव्य बिदा भए उनी !!
छरी गए छन्द कवित्व भेष मा !
तरी गए ती अमरत्व देश मा !!
 
सधैं सधैं भव्य र दिव्य छन् उनी !
हामी सबै का उपजीव्य छन् उनी !!
आकाश का भानु सरी उनै छन् !
भविष्य का नेत्र उनै हुनेछन् !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016