भानुभक्त र उनको रामायण
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

कालो तामस - रात को समय मा , मुस्काउने भानु हौ
थोत्रो जात र भात को प्रहर मा , सुस्ताउने भानु हौ
भाषा - प्रेरक हौ विचार गुरु हौ , हे भानु ! यो देश का
आशा - दीपक हौ विशाल तरु हौ , संस्कार का भेष का
 
नेपाली मन शुद्ध आस्तिक थियो ,झन् उच्च गर्ने तिमी
नेपाली जन - भाव धार्मिक थियो , सर्वत्र छर्ने तिमी
तिम्रा निर्मल काव्य भित्र मणि छन् , देख्दैन कोही किन ?
तिम्रा पावन काव्य स्वर्ण कण हुन् , टिप्दैन कोही किन ?
 
भाषा ले जन एकता कति गर्यौ , लेखेर रामायण
मीठा नैतिक चेतना पनि छर्यौ , लेखेर रामायण
हावा सिर्सिर झैँ सरर्र कविता , कथ्ने अरू को थियो ?
पन्छी चिर्बिर झैँ हरर्र कविता , रच्ने अरू को थियो ?
 
जान्थे वीर युवा जुनै मुलुक मा , बोकेर रामायण
सुन्थे ; भन्न लगाउँथे सब मिली , घोकेर रामायण
हुन्थे पल्टन मा सबै थरि युवा , यो जात त्यो जात का
भाषा माध्यम बन्दथ्यो मिलन को , यो बात त्यो बात का
 
हुन्थ्यो रात जसै मिलीकन सबै , बस्थे रमाईकन
थाल्थे गाउन भानु का कृतिहरू , मस्ती जमाईकन
जोड्ने हार्दिक प्रेम - बन्धन थियोे , त्यो भव्य रामायण
मोड्ने संस्कृति तर्फ साधन थियो , सत्काव्य रामायण
 
लग्ने संस्कृत छन्द लोक - लय मा , शार्दूलविक्रीडित
राख्ने केवल कण्ठ मा हृदय मा , शार्दूलविक्रीडित
कोही हुन् यदि व्यक्ति अब्बल भने , हौ भानु नै केवल
कोही छन् यदि व्यक्ति शाश्वत भने,हौ भानु नै केवल
 
भन्थे देश - विदेश मा शहर मा , सत्काव्य रामायण
गर्थे गायन गाउँ मा र घर मा , सत्काव्य रामायण
एस्तो दिव्य महत्त्वपूर्ण रचना , पढ्दैन कोही किन ?
यो सत्काव्य लिएर कर्म - पथ मा , बढ्दैन कोही किन ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016