भ्रष्टाचारीहरू सामु , नझुक्ने सब दुष्ट हुन्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

भ्रष्टाचारीहरू सामु , नझुक्ने सब दुष्ट हुन्
आफ्नो कर्तव्य मा कैल्यै , नचुक्ने सब दुष्ट हुन्
 
के चासो बालुवाटार , बेचौं या टुँडिखेल नै ?
रिस गर्ने गला फाडी , उडुक्ने सब दुष्ट हुन्
 
धर्म त्याग्यौं शर्म त्याग्यौं , इमान अस्मिता पनि
देश विरुद्ध मा कान , नफुक्ने सब दुष्ट हुन्
 
छन् हाम्रै हात मा अड्डा , अख्तियार अदालत
सिनो लुछ् न बनी स्याल , नढुक्ने सब दुष्ट हुन्
 
हत्यारा र बलात्कारी , गुण्डा छौं यस राज्य मा
सत्यवादीहरू लाई , नथुक्ने सब दुष्ट हुन्
 
सत्ता मिल्छ भने भन्छौं , जनता हुन् जनार्दन
नगर्ने झूट को खेती , नभुक्ने सब दुष्ट हुन्
 
साधु का भेष मा चोर , छौं अझै दक्ष बन्नु छ
लुक्नै पर्छ बनी छद्म , नलुक्ने सब दुष्ट हुन्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016