म गरूँ प्रणाम
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

संसार - सृष्टि-स्थिति - नाश हेतु
हुन् शम्भु नै भुक्ति र मुक्ति सेतु
कैलास नै हो जसको स्वधाम
ती शम्भु लाई म गरूँ प्रणाम
 
पिता उनै हुन् जननी उनै हुन्
दादा उनै हुन् बहिनी उनै हुन्
सम्पत्ति हुन् बन्धु - सँगी तमाम
ती शम्भु लाई म गरूँ प्रणाम
 
अनन्त आकार भई बसेका
पुनः निराकार रही बसेका
गर्छन् विराट् कर्म बनी अकाम
ती शम्भु लाई म गरूँ प्रणाम
 
जो चेतना का पनि चेतना हुन्
जो देवता का पनि देवता हुन्
तथापि जप्छन् अविराम "राम"
ती शम्भु लाई म गरूँ प्रणाम
 
स्वामी उनै हुन् तर हैन झैँ छन्
सर्वस्व दिन्छन् कण छैन झैँ छन्
छैनन् कुनै स्वर्णिम तामझाम
ती शम्भु लाई म गरूँ प्रणाम
 
प्राणीहरू का हर काम देख्ने
ती काम का भोग - अभोग लेख्ने
अनेक छन् काम अनेक नाम
ती शम्भु लाई म गरूँ प्रणाम

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016