म झिल्को हुँ बल्दो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

म तूफान को सास फेरेर हिँड्छु
अनौठो म विश्वास बेरेर हिँड्छु
हुँदैनन् म द्वारा कुनै नीच कर्म
म चारै दिशा मृत्यु हेरेर हिँड्छु
 
यहाँ मृत्यु ले नृत्य गर्दैछ किन्तु
उसैको महाशङ्ख बज्दैछ किन्तु
म खोज्दैछु व्यक्तित्ववान् बन्न मित्र
दर्गुर्दैछु अस्तित्ववान् बन्न नित्य
 
म रोकिन्न साथी ! चलोस् तीव्र आँधी
म बाँधिन्न काहीं खसोस् वज्र - व्याधि
तिमी के बुझौला ? म छुट्टै हुँ मान्छे
नतान्छन् मलाई कुनै स्वर्ण - चाँदी
 
इरादा छ कस्तो ममा ? चन्द्र चुम्ने
सुनौला सितारा छुने विश्व घुम्ने
छ इच्छा ममा तीव्र कस्तो बताऊँ ?
परब्रह्म को पान गर्ने र झुम्ने
 
म झिल्को हुँ सानो हुँ आगो परन्तु
फिलिङ्गो हुँ बल्दो उज्यालो परन्तु
छ सम्भावना को सितारा म भित्र
छ ब्रह्माण्ड भर्ने पिटारा म भित्र

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016