म मात्रै कहाँ हो र सारा जगत् नै
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

कहाँ छौ तिमी यो दुधे चाँदनी मा ?
म पर्खी बसेको छु यो यामिनी मा
 
तिमी मा म जे देख्छु देखिन्न अन्त
न त्यो चित्रिणी मा न त्यो शङ्खिनी मा
 
पृथक् छौ तिमी काव्य - माधुर्य जस्तै
न तेस्तो छ सौन्दर्य सौदामिनी मा
 
म मात्रै कहाँ हो र सारा जगत् नै
छ प्यासो यही मत्त - उन्मादिनी मा
 
जहाँ जे सुनूँ लाग्छ आवाज तिम्रै
छु उन्मत्त सङ्गीत को रागिणी मा
 
म देख्थेँ दुवै नेत्र गम्भीर - धीर
कहाँ हुन्छ चाञ्चल्य मन्दाकिनी मा ?
 
अभूत्पूर्व मीठो छ मुस्कान तिम्रो
न मीठो कुनी मा न मीठो चिनी मा
 
 
यामिनी = रात्रि
चित्रिणी - शङ्खिनी = उत्तम कोटि का नारीहरू
सौदामिनी = बिजुली

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016