म हेर्थें
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आँखा हुँदो हो त म नीति हेर्थें
नेतृत्व को रूप र रीति हेर्थें
विशिष्टता को पगरी गुतेका
निकृष्ट लाई त अवश्य हेर्थें
 
आँखा हुदो हो शय काम हेर्थें
कालो बजारी छलछाम हेर्थें
निर्लज्ज भै नाच गरी बसेको
नेपाल को बन्द र जाम हेर्थें
 
अदालती काम कुरा म हेर्थें
बिकाउ संयन्त्र पुरा म हेर्थें
अड्डाहरू मा पजनी परेको
सुस्ताउँदो काम तमाम हेर्थें
 
आँखा हुँदो हो त किसान हेर्थें
गरीब को नित्य पिसान हेर्थें
ठेला उठेका पसिना छुटेका
स्वदेश का सन्तति माथि हेर्थें
 
नेताहरू को अनमेल हेर्थें
गुन्डाहरू को चलखेल हेर्थें
नैराश्य को आँशु पिई बसेका
युवाहरू को पनि भेल हेर्थें
 
आँखा भए मन्दिर भित्र हेर्थें
महन्त का सत्य चरित्र हेर्थें
प्रपञ्च का दल्दल मा गडेका
विकार का पर्वत पुञ्ज हेर्थें
 
परन्तु मैले कसरी गरूँ यो
शल्यक्रिया को उपचार एस्तो ?
औजार केही पनि छैन मेरो
फैलेर जाँदै छ यहाँ अँधेरो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016