मजदूर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

श्रमिक ऊ छ कतै , हलिया कतै
कृषक ऊ छ कतै,भरिया कतै
विवशता उसको भरपूर छ
धन अभाव छ, जीवन झूर छ
 
मुलुक मा उसको न त नाम छ
न त कुनै गतिलो पहिचान छ
विविध भोक र रोग जरूर छ
पिउन आँसु सदा मजबूर छ
 
रगत हाड सुकाउँछ ऊ सधैं
सबल ढाड दुखाउँछ ऊ सधैं
तर समृद्धि भने अति दूर छ
कति उदास यहाँ मजदूर छ
 
छ उसको अनमोल परिश्रम
नियत छ्न् , उसमा भय -विभ्रम
थकित ऊ श्रम ले अति चूर छ
प्रकृति ऊ सँग नै किन क्रूर छ
 
महल मा उसको न त शान छ
फगत तुच्छ घृणा अपमान छ
जब कि ऊ अति वीर र शूर छ
तर सदैव कसिङ्गर घूर छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016