ममा दृष्टि तिम्रो परे मात्र हुन्थ्यो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

सुतेको छ धर्ती , पसारेर पाउ
बसेको छ यो रात हेरेर दाउ
म एक्लै छु हेर्दा ; सँगै यामिनी छे
र मस्तिष्क मा कल्पना कामिनी छे
 
विना नीँद का रात वर्षौं बिताएँ
म आध्यात्मिकी प्रेम मात्रै चिताएँ
नियाँलेर हेर्दै छु ती भीर पाखा
म कुर्दै छु बाटो बिछाएर आँखा
 
भएको छ है ; रोग लाग्ला कि जस्तो
मधु स्वादिलो भोग भाग्ला कि जस्तो
अरे ! दूर का लोभ लाग्दा सितारा !
म हेरी बसेको छु तिम्रो इशारा
 
म ध्यानस्थ बन्दै छु तिम्रो जरूर
तिमी छौ पियारा ! कहाँ दूर - दूर
तिमी "ध्येय" मा ध्यान अर्पेर बस्दा
भएको छ झन् जिन्दगी चूर - चूर
 
दुखी छन् शशी हाल देखेर मेरो
यही बेबसी चाल देखेर मेरो
दुखी छन् चरी बल्लरी बोट सारा
कुवा ताल झर्ना पँधेरी र धारा
 
त्यसैले दया को म माग्दै छु भिक्षा
छ यो चित्त मा एक तिम्रै सदिच्छा
ममा दृष्टि तिम्रो परे मात्र हुन्थ्यो
कृपा को इशारा गरे मात्र हुन्थ्यो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016