मरे हुन्छ आजै
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

छ ढुङ्गाहरू बीच हीरा र मोती ।
नदी निर्झरी मा उज्यालो छ ज्योति ।।
युवा ले नयाँ क्यै गरे हुन्छ आजै !
न गर्ने भए लौ ! मरे हुन्छ आजै !!
 
नसा भित्र पानी छ या रक्त रातो ?
बगेको छ चीसो कि वा सास तातो ?
नदी हैन आगो तरे हुन्छ आजै ।
न तर्ने भएमा मरे हुन्छ आजै ।।
 
अरू देश मा ज्यान आफ्नो दिएर ।
तिनै बाट बाँच्ने सहारा लिएर ।।
यहाँ बाँच्नु भन्दा मरे हुन्छ आजै ।
न मर्ने भए क्यै गरे हुन्छ आजै ।।
 
तिमी लाश हैनौ भने जागिदेऊ !
कुनै दास हैनौ भने लागिदेऊ !!
न जागे न लागे मरे हुन्छ आजै ।
न मर्ने भए क्यै गरे हुन्छ आजै ।।
 
अरू को इशारा नियाल्दै गएमा ।
न फुल्ने न फल्ने उन्यूँ झैँ भएमा ।।
अँध्यारो कुवा मा परे हुन्छ आजै ।
युवा ले नयाँ क्यै गरे हुन्छ आजै ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016