माटो यहीँ को बनोस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आँखा पाँच करोड कत्ति नबिकून् ,नेपाल हेर्ने भए !
सारा हृष्ट बलिष्ठ हात नबिकून् ,नेपाल फेर्ने भए !!
अन्तै को स्वर सुन्न कान नबिकून् ,नेपाल नै सुन्नुछ ।
नेपालीपन आज कत्ति नबिकून् , नेपाल नै गुन्नुछ ।।१
 
हाम्रा काँध र हाड कत्ति नबिकून् ,यो राष्ट्र नै बोक्नुछ ।
हाम्रा अब्बल ढाड कत्ति नबिकून् ,ढुङ्गा गिटी जोख्नुछ ।।
नेपाली पसिना यहीँ खसिदिए ,नेपाल फुल्थेन र ?
ऊर्जाशील युवा यहीँ बसिदिए , ऐश्वर्य झुल्थेन र ? ।।२
 
जल्दो तेज प्रभाव जोश नबिकोस् ,ती बाहिरी देश मा !
बल्दो बुद्धि विशेष होश नबिकोस् ,ती बाहिरी देश मा !!
आफ्नै देश बनाउने प्रण गरी ,नेपाल मै बस्नुछ ।
मुठ्ठी वज्र समान हाड र घुँडा ,नेपाल मै धस्नुछ ।।३
 
हाम्रो साहस शौर्य आँत नबिकोस् ,माटो यहीँ को बनोस् !
सच्चा सर्जक जो छ अन्त नबिकोस् ,बाटो यहीँ को बनोस् !!
होस् एस्तो परिवेश देश भरि नै ,कोही नजाऊन् पर !
पाखा मा कि त गाउँ मा शहर मा,आफ्नै बनाऊन् घर !!४
 
हाम्रा धर्म र कर्म कत्ति नबिकून् ,हामी न हौँ शोषित !
हाम्रा संस्कृतिजन्य मर्म नबिकून् ,अर्कै नहून् पोषित !!
यी हाम्रा प्रतिबद्धता रहिदिए , नेपाल चम्कन्छ नै !
हाम्रै पौरख ले समृद्धि पथ मा, नेपाल लम्कन्छ नै !!५

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016