मान्छे को महिमा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मान्छे को महिमा समान गतिलो , होला त केही अरू ?
मान्छे का बिच भेद झैँ अगतिलो , होला त केही अरू ?
टुट्ला के मत ऊँच-नीच जन को,सोचाइ बन्ला महान् ?
छाडी जाति-विभेद ; के मनुजता रोजाइ बन्ला महान् ?
 
धर्ती का बिच सैकडौँ रगत का, टुट्लान् त सीमाहरू ?
छुट्लान् निर्मम दाग ती विगत का,दुर्दान्त सीमाहरू ?
मान्छे देश - विशेष बाट अलगै,होला त कैल्यै यहाँ ?
भाषा भूषण भेष बाट अलगै ,होला त कैल्यै यहाँ ?
 
मान्छे केवल शुद्ध मानव हुँदा , के जात चाहिन्छ र ?
मान्छे को पहिचान कत्ति नहुँदा ,औकात चाहिन्छ र ?
मान्छे नस्ल र रङ्ग देखि अलगै , होला त कैल्यै यहाँ ?
मान्छे धार्मिक जङ्ग देखि अलगै,होला त कैल्यै यहाँ ?
 
मान्छे ले किन पक्षपात यसरी , निर्माण गर्दै गयो ?
मान्छे का बिच भेद को विष-घडा,के निम्ति भर्दै रह्यो ?
हावा मा न छ भेदभाव गहिरो , आकाश मा छैन त्यो ।
वर्षा मा न छ सूर्य मा प्रकृति का,उच्छ्वास मा छैन त्यो ।।
 
धर्ती एक छ सूर्य एक छ यहाँ , चुम्ने उही काल हो ।
जे जे काम जहाँ जहाँ पनि गरौं , बन्ने त कङ्काल हो ।।
मान्छे कृत्रिम धूल देखि अलगै,होला त कैल्यै यहाँ ?
आफ्ना आर्जित भूल देखि अलगै , होला त कैल्यै यहाँ ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016