मायाँ गरूँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मायाँ छर्न सकूँ पवित्र मुटु को,सारा कली फूल मा !
मायाँ गर्न सकूँ म जीवन दिने,खोला नदी कूल मा !!
चाँदी का चुचुरा हिमाल दल मा,मायाँ गरूँ स्वच्छ म !
नेपाली धन मा विशाल वन मा,मायाँ छरूँ स्वच्छ म !!
 
भैंसी का भययुक्त ती नयन मा,मायाँ म मीठो दिऊँ !
बाख्रा का दयनीय ती वदन मा ,मायाँ म मीठो दिऊँ !!
माछा मा कुखुरा सँगै सुँगुर मा,मायाँ म मीठो दिऊँ !
आवारा भनिने दुखी कुकुर मा,मायाँ म मीठो दिऊँ !!
 
मायाँ शुद्ध गरेर काम म गरूँ,बेंसी - तराई झरूँ !
ऊर्जा भव्य छरेर दाम म भरूँ,दारिद्र्य पीडा हरूँ !!
मेची देखि बढूँ म तीव्र गति मा,मायाँ लिंदै पश्चिम !
हेर्दै उत्तर देखि सुस्त म झरूँ,मायाँ दिदै दक्षिण !!
 
मायाँ बाट पहाड सुन्दर गरूँ,बारी र टारीहरू !
मायाँ ले धनधान्य वैभव छरूँ,भारी भकारी भरूँ !!
मायाँ को पसिना छरी मुलुक को,माटो भिजाऊँ सधैं !
मायाँ शुद्ध गरूँ र सेवक बनूँ, आमा रिझाऊँ सधैं !!
 
मायाँ संस्कृति रीति को चलन को,कैल्यै नबिर्सी गरूँ !
नेपाली पहिचान को सगुन को,मायाँ नतर्सी गरूँ !!
मायाँ शीतल सिर्सिरे पवन को,नेपाल को नै गरूँ !
मायाँ कुञ्ज निकुञ्ज को र वन को ,नेपाल को नै गरूँ !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016