मार्नुपर्ने छ फड्को
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

अझै हिँड्नुपर्ने छ गन्तव्य भेट्न
अझै भिड्नुपर्ने छ है प्यास मेट्न
थकाई नमारौं न , पाएर छायाँ
नबिर्सौं न कर्तव्य , लाएर मायाँ
 
पिई व्यङ्ग्य को अग्नि जुट्नैछ साथी !
जुनै रीति ले माथि उठ्नैछ साथी !
हतोत्साह गर्ने कुरा सुन्नु छैन
कसै निम्ति जाली कुरा बुन्नु छैन
 
सँभाल्दैछ को राज्य ? यो जान्नु छैन
सुधार्दैछ को भाग्य ? यो जान्नु छैन
यहाँ चाहिएको त हो रोजगारी
हटोस् घूसखोरी र कालोबजारी
 
युवा भित्र उत्थान को भावना छ
र यो देश मा लाख सम्भावना छ
यहाँ चाहिएको छ सङ्कल्प चर्को
छुँदा चन्द्रमा मार्नुपर्नेछ फड्को
 
न चाहिन्छ पार्टी नचाहिन्छ नेता
नचाहिन्छ सिद्धान्त को नै प्रणेता
यहाँ चाहिएको कुरा हो विकास
गरीबी र दारिद्र्य को हो निकास
 
असी लाख अन्यत्र छन् ल्याउनैछ
यहीँ रोजगारी दिई भ्याउनैछ
छ व्यापार - घाटा ; छ वित्तीय खाई
खुलाएर उद्योग सम्म्याउनैछ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016