मुर्दा मानव आज जाग्नुछ छिटो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हाम्रो देश विकास को शिखर मा,चढ्ने कि लड्ने त्यसै ?
आशातीत समुन्नति - प्रगति मा,बढ्ने कि सड्ने त्यसै ?
सर्वाङ्गीण विभाग उन्नत भई , के चम्कने हैन र ?
नेपाली मुटु आत्मनिर्भर भई , के गम्कने हैन र ?
 
सारा वर्ण र जाति - भेद युग का , तोड्नैछ यो देश ले
जे छन् रङ्ग र नस्ल - भेद जग का , छोड्नैछ यो देश ले
हाम्रो देश पवित्र चिन्तन लिई , सङ्लो अझै बन्नुछ
सच्चा नीति चरित्र दर्शन सँगै , अग्लो अझै बन्नुछ
 
जुट्नै पर्दछ मानवीय समता , बोकेर यो देश ले
उठ्नै पर्दछ गुप्त सुप्त क्षमता , खोलेर यो देश ले
अर्को छैन विकल्प यो मुलुक को , ऊर्जा लगाए विना
उम्लेका हर अङ्ग बुद्धि - बल को , पुर्जा जगाए विना
 
आफ्ना पूर्वज को गुरुत्व - गरिमा , बोकी हिँडोस् देश यो
आफ्नो दर्शन को महत्त्व - महिमा , बोकी हिँडोस् देश यो
नौलो सोच विचार सीप र कला , रच्नैछ यो देश मा
आविष्कार नयाँ नयाँ प्रविधि का , गर्नैछ यो देश मा
 
मुर्दा मानव आज जाग्नुछ छिटो , यो देश चम्काउन
ज्यूँदा ले अब जून ताक्नुछ अझै , झन् माथि लम्काउन
आस्था होस् पसिना र बाहुबल मा , बन्लान् नयाँ सिर्जना
निष्ठा होस् श्रम मा र कर्म फल मा , पूरा हुनन् चाहना

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016