मुसो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

एउटा मुसो सामान किन्न बजार तिर लाग्यो ।
सर्ट लायो पाइन्ट लायो पैसा लियो भाग्यो ।।
खुशी हुँदै रमाउँदै बाटो कट्दै थियो ।
चीँचीँ गर्दै चूँचूँ गर्दै अघि बढ्दै थियो ।
 
एत्तिकैमा पर बाट बिरालो पो आयो ।
म्याउँ म्याउँ गरीकन मीठो गीत गायो ।।
त्यो देखेर यो मुसा को सातो पुत्लो गयो ।
कहाँ जाऊँ कता लुकूँ मुसो लाई भयो ।।
 
उसले सम्झ्यो अनिकाल मा बिउ जोगाउनुपर्छ ।
आपत्ति र विपत्ति मा जिउ जोगाउनुपर्छ ।।
एता हेर्यो उता हेर्यो अनि काल हेर्यो ।
बुद्धिमान् भै त्यो मुसा ले , बाटो अर्कै फेर्यो ।।
 
मुसा बाट धेरै कुरा सिक्नुपर्ने रैछ ।
सही बेला सही बुद्धि झिक्नुपर्ने रैछ ।।
साना - ठूला जो सँग नि ज्ञान लिनुपर्छ ।
नौलो ज्ञान सिक्नेभए ध्यान दिनुपर्छ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016