मृत्यु चिन्तन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

कोही छैन अजम्बरी भुवन मा , मर्ने त हो आखिर
इच्छा कत्ति नहोस् न मृत्यु - मुख मा ,सर्ने त हो आखिर
विद्वान् धीर भए नि तान्छ उसले , घोक्र्याउँदै लग्दछ
जस्तै वीर भए नि हान्छ उसले , मुन्ट्याउँदै लग्दछ
 
अर्बौं को दरबार होस् र धन होस् , छाड्ने चटक्कै त हो
जे जस्तो घरबार होस् र जन होस् , त्याग्ने चटक्कै त हो
बिन्ती लाख गरौं कि रोदन गरौं , मान्दैन त्यो मृत्यु ले
चाहे पाउ परौं निवेदन भरौं , छाड्दैन त्यो मृत्यु ले
 
यात्री हो पथ मा छ ऊ घर पुगोस् , भन्दैन त्यो मृत्यु ले
रोगी हो उपचार गर्न नचुकोस् , भन्दैन त्यो मृत्यु ले
झम्टी च्याप्प उहीँ समाउँछ गला , बेला जसै आउँछ
प्राणी का हर तामझाम नखरा , खेला सबै भ्याउँछ
 
ध्यानी ध्यान गरोस् शयौं तवर ले , ऊ खस्छ त्यो मृत्यु मा
ज्ञानी ज्ञान लियोस् जुनै तरह ले , ऊ पस्छ त्यो मृत्यु मा
भागौं जङ्गल मा कुनै शहर मा , त्यो ठाउँ मा मृत्यु छ
जाऔं सागर मा महा सगर मा , त्यो ठाउँ मा मृत्यु छ
 
जे खाऔं र पिऔं उसै विषय ले , लैजान्छ त्यो मृत्यु मा
जे लाऔं र लिऔं जुनै समय ले , लैजान्छ त्यो मृत्यु मा
छैनन् नित्य कुनै कुरा पनि यहाँ , त्यो मृत्यु नै नित्य हो
जे हो अन्तिम सत्य यो भुवन को , त्यो तत्त्व नै मृत्यु हो
 
योगी योग गरोस् तथापि उसको , गन्तव्य हो मृत्यु नै
भोगी भोग गरोस् तथापि उसको , प्राप्तव्य हो मृत्यु नै
मर्नै पर्दछ उच्च कर्म नगरी , के बाँच्नु यो जिन्दगी !
रित्तो हात रहेर धर्म नगरी , के साँच्नु यो जिन्दगी ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016