मेरो नमस्कार छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

जो व्याख्या गरिसक्नु छैन जग मा , जो हो जगत्कारण
जो ब्रह्माण्ड असङ्ख्य रच्छ नभ मा , जो गर्छ निर्धारण
जो सर्वज्ञ छ सर्व व्यापक छ जो , जो वार को पार छ
तेस्तो पार नपाइसक्नु शिव मा , मेरो नमस्कार छ
 
जो सृष्टि - स्थिति - नाश गर्दछ सधैं , जो शुद्ध हो बुद्ध हो
जो प्राणी भरि आश भर्दछ सधैं , जो पूर्ण हो मुक्त हो
जो देखिन्न र देखिँदो भुवन को , सम्पूर्ण आधार छ
तेस्तो सूक्ष्म - विराट् चरित्र शिव मा , मेरो नमस्कार छ
 
जो ज्ञानेन्द्रिय को अपार फल हो , जो हर्छ अज्ञान नै
जो कर्मेन्द्रिय को विचार बल हो , जो भर्छ विज्ञान नै
सत्तासीन छ जो अदृश्य तह मा , जो भित्र संसार छ
तेस्तो अद्भुत - तत्त्वयुक्त शिव मा , मेरो नमस्कार छ
 
जो टल्काउँछ खर्ब - खर्ब नभ मा , सूर्यादि तारागण
जो झल्काउँछ अर्ब अर्ब जग मा , सञ्चेतना को कण
जो अज्ञेय छ जत्ति नै तप गरौं , जो जान्नुको सार छ
तेस्तो ज्ञान विवेक रूप शिव मा , मेरो नमस्कार छ
 
जो हाँसीकन छर्छ वास मधुरो , लाखौं नयाँ फूल भै
जो छल्कीकन हर्छ प्यास गहिरो , झर्ना सरित् - मूल भै
जो सत् चित् सुख को अपार सुर हो,जो भित्र झङ्कार छ
तेस्ता दिव्य विभूति भूति भव मा , मेरो नमस्कार छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016