मेरो काव्यिक शब्द
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मेरो काव्यिक शब्द यो मुलुक को , आँखा बनोस् सुन्दर
चेली को भयजन्य शोक बह को , भाका बनोस् सुन्दर
अन्यायी जन निम्ति पोलिरहने , सिस्नो बनोस् तेजिलो
मेरो शब्द निरीह को बल बनोस् ,लिस्नो बनोस् दर्बिलो
 
खाना पाउन बाट वञ्चित छ जो,होस् शब्द को नायक
छाना पाउन बाट वञ्चित छ जो ,होस् काव्य को नायक
नाङ्गा ढाड हुनेहरू तिर बगोस् , यो लेखनी को मसी
बाङ्गा हाड हुनेहरू तिर पसी , मायाँ दिओस् आपसी
 
मेरो काव्यिक शब्द ले विकृति को,चट्टान फोडोस् सधैं
फाटेको दिल एकतामय गरी , ल्याएर जोडोस् सधैं
सत्ता को अतिचार को कुपथ मा,खाँडो जगाओस् कि वा
नेता को व्यभिचार मा र मद मा,आगो लगाओस् कि वा
 
मेरो काव्यिक शब्द देशहित मा , चर्कै बनोस् इन्धन
नौलो सिर्जन गर्न शिल्प दिनमा , अर्कै बनोस् चिन्तन
भित्ता टाल्न र लिप्न आँगनहरू , सच्चा बनोस् साथ नै
पीँढी पोत्न र पाक्न ओदनहरू , पक्का बनोस् हात झैँ
 
मेरो शब्द स्वधर्म मा खटिरहोस् , देओस् सधैं प्रेरणा
भ्रष्टाचार विरुद्ध मा जुटिरहोस् , आक्रोशदायी फणा
देओस् देश उचाल्न काँध यसले , होस् शब्द मा तागत
लेओस् सोच नयाँ समृद्धि-सुख को,साँच्चै गरोस् स्वागत

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016