मेरो माटो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

यो माटो मुटु हो नहेप न तिमी , सञ्चेतनाहीन भै ।
आमा माथि हिलो नछेप न तिमी ,संवेदनाहीन भै ।।
मेरो स्वत्व र धर्म को चहकिलो , तारा यही हो बुझ ।
मेरो उत्तम कर्म को गहकिलो , धारा यही हो बुझ ।।१
 
यो माटो छ र सास चल्छ तन मा,ऊर्जा नयाँ भर्न मा ।
यो माटो छ र आश फल्छ मन मा,केही नयाँ गर्न मा ।।
मेरो काव्य समृद्धि को मल यही , माटो भएको छ है ।
मेरो साधन सिद्धिको बल यही , माटो रहेको छ है ।।२
 
सानो सोच लिई नसेप न हरे ! फल्नेछ यो मृत्तिका ।
सीमा साँध कसै नचेप न भरे ! बल्नेछ यो मृत्तिका ।।
झर्ना ताल हिमाल उत्तम नदी,छन् देश का काख मा ।
काँडे भ्याकुर छन् सुदुर्लभ यहीँ ,हज्जार मा लाख मा ।।३
 
रातो चन्द्र र सूर्य अङ्कित हुने ,झण्डा छ मेरो सुन !
गोर्खा को पहिचान दिन्छ यसले ,मान्दैन सानो हुन ।।
एस्तो लाग्छ म लेक मा फुलिदिने ,लालीगुराँसै बनूँ !
द्यौराली तिर को हिमाल मुनि को , चीसो बतासै बनूँ !!४
 
मेरो देश समृद्धि को शिखर मा ,लम्कोस् यही हेर्नुछ ।
छर्दै ज्योति कछार गाउँ घर मा,चम्कोस् यही हेर्नुछ ।।
आस्था यो मुटु मा छ देश भर का,जातीय संस्कार को ।
निष्ठा एक छ देश को प्रकृति को,आत्मीयता प्यार को ।।५

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016