मैले मार्ग बिराउँदा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

रूढिग्रस्त र जीर्ण - शीर्ण र हिलो - बाटो म छाडी बढूँ
त्यो सङ्कीर्ण विचार फोहर धुलो , तत्काल गाडी बढूँ
बेडी भैकन बाँधिने हतकडी - साङ्ला चुँडालीकन
आफ्नो देश निमित्त झाङ - लहरा - झाडी म फाँडी बढूँ
 
भेडा झैँ अघि बढ्दछन् चरण ई ,अभ्यस्तता मा किन ?
आँखा ई पछि लाग्दछन् कुपथ को,विन्यस्तता मा किन ?
अन्धा निम्ति छ अन्धकार जसरी , उस्तै छ मेरो मति
एस्तो तामस बुद्धि बाट कसरी , होला यहाँ उन्नति ?
 
जन्मेको छु म देव दुर्लभ हुने , स्वर्गीय यो देश मा
चाहेका हर वस्तु सम्भव हुने , सङ्घीय यो देश मा
हो यो स्वर्ग भने म देव कसरी , बन्ने यही सोच्नु छ
खानी छन् नव रत्न का र कसरी , खन्ने भनी लाग्नु छ
 
मैले मार्ग बिराउँदा म पछि को , सन्तान भासिन्न र ?
मैले धर्म गिराउँदा म पछि को , पुस्ता बतासिन्न र ?
जे जे छन् करणीय कर्म तिनमा , यो जिन्दगी धस्नु छ
जे जे छन् ग्रहणीय पाउन जुनै जङ्घार मा पस्नु छ
 
मेरा कर्म सुनेर आज जननी , गद्गद् बनून् त्यो गरूँ
मेरा सोच गुनेर भोलि जन ले , वा..वा.. भनून् त्यो गरूँ
गर्ने काम यहाँ हजार थरि छन् , कर्तव्य सम्झी गरूँ
छर्ने बीज निमित्त ठाउँ कति छन् , दायित्व सम्झी छरूँ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016