मौरी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मौरी ! बगैंचा तिर हुन्हुनाउँछ्यौ
गुञ्जार गर्दै स्वर भुन्भुनाउँछ्यौ
चुस्दै हजारौं मृदु फूल सुन्दर
अत्यन्त मीठो मह नै बनाउँछ्यौ
 
साथी मिली घार तयार गर्दछयौ
ल्याएर मीठो रस- सार भर्दछयौ
आए भने चोर्न खराब दुश्मन
उत्साह का साथ लडेर मर्दछ्यौ
 
आफ्ना सबै सीप खन्याउँछ्यौ निकै
छत्ता कलापूर्ण बनाउँछ्यौ निकै
रानी बँचाईकन बाँच्दछ्यौ तिमी
सारा नचाईकन नाच्दछ्यौ तिमी
 
मौरी ! तिमी छौ घनघोर साधक
तिम्रो सुधा झैँ मह हुन्छ मादक
छन् कर्म तिम्रा अति उच्च सुन्दर
लिन्छन् र सिक्छन् सब ले निरन्तर
 
कन्जूस ले सङ्ग्रह गर्छ सम्पदा
डाँका पसी लुट्दछ मिल्छ आपदा
मौरी ! यही ज्ञान लिएर बाँच है
खाई नखाई मह त्यो नसाँच है

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016